एलजीका विभिन्न उपकरणहरूको जानकारी दिन ‘एयर सोलुसन्स सम्मेलन’

काठमाडाैं - एलजीले एयर सोलुसन्स सम्मेलन समापन गरेको छ । गत शुक्रबार होटल एलफ्टमा सम्मेलन समापन गरेको हो । सम्मेलनमा विभिन्न क्षेत्रबाट सम्मानित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यस क्षेत्रका सम्बन्धित व्यवसायमा रहेकाहरूलाई एलजीका विभिन्न उपकरणहरुको बारेमा जानकारी गराउने उद्देश्यका साथ यो सम्मेलन गरिएको थियो । यो सम्मेलन दुई सत्रमा विभिजित रहेको थियो । जसअन्तर्गत पहिलो सत्रमा एलजी इलेक्ट्रोनिक्सका प्रतिनिधि सियोन चोई, जेसन पोक र जुनो लिमले एलजी ऐयर सोलुसन्सका विभिन्न उपकरणहरुको प्रस्तुति दिएका थिए । साथै सिजी इलेकट्रोनिक्सका विवेक ज्ञवालीले एलजी ऐयर सोलुसन्सको नेपालमा पदचिन्ह र भावी योजनाको बारेमा प्रस्तुति गरेका थिए । यस कार्यक्रमको मुख्य एलजी बिजनेश सोलुसन्स अन्तर्गत मल्टी भिआरएफ, एयर प्यरिफायर, डिहिमिडिफायर, राउन्ड क्यासेट एसी, इन्टरएक्टिभ डिस्प्ले, डिजिटल सग्ने मुख्य आकर्षण रहेका थिए । सम्मेलनको दोस्रो सत्रमा ‘ऊर्जा दक्षतामा प्रविधिको भुमिका' शीर्षकमा यस क्षेत्रका विभिन्न विशेषज्ञ माझ छलफल गरिएको थियो । उक्त सत्रमा चौधरी ग्रुपमा म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी, एचभिएसी कन्सल्टेन्ट रविन्द्रनाथ भट्टराई, अल्र्टनेटिभ इनर्जी प्रोमोसन् सेन्टर का सहायक डाइरेक्टर शुभलक्ष्मी श्रेष्ठ, अरवन प्लानर अर्किटेक्ट विभुतीमान सिंह, एल.जी. कोरियाका सियोन चोई र काठमाडौ युनिर्भसिटीका सहायक प्रोफ्रेसर निरन्जन बास्टाकोटीले उक्त छलफलमा आ–आफ्नो अभिव्यक्ती राखेका थिए । चौधरी ग्रुपले एलजीसँग तीन दशक भन्दा बढी व्यवसायिक सहकार्य गर्दै आइरहेको छ । साथै विशेष रुपमा ऐयर सोलुसन्स व्यवसाय विगत एक दशकभन्दा बढी देखी पनि गर्दै आइरहेको जानकारी रहेको छ ।
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_0qEMQl0TvU_ligeiwenokhwgy7djpfgrqtndiegvabaykdm8q3kmtang0plzo1euvldrfou.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

प्रतिक्रिया