टी–ट्वान्टी लिगमा सहभागी हुने ६ विदेशी खेलाडी नेपाल आए

काठमाडौँ- शुक्रबारबाट सुरु हुने नेपाल टी–ट्वान्टी लिगमा सहभागी हुने ६ विदेशी खेलाडी नेपाल आएका छन् ।
नेपाल टी–ट्वान्टीमा सहभागी हुने जनकपुर रोयल्सका २ तथा विराटनगर सुपर किंग्सका ४ खेलाडीहरू सोमबार अपराह्न नेपाल आएका हुन् । जसअनुसार जनकपुर रोयल्सबाट खेल्नका लागि वेस्ट इण्डिजका चाडविक वाल्टन र ट्रेवोन ग्रिफ्ट काठमाडौं आएका छन् ।
त्यस्तै विराटनगरमा अनुबन्ध भएका वेस्ट इण्डिजका आन्द्रे म्याकार्थी र किओन जोसेफ तथा अमेरिकाका गौरान्शु शर्मा र राज रकि नानन पनि आएका छन् ।
उनीहरूलाई दुई क्लबका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।
कीर्तिपुरस्थित टियु मैदानमा पहिलो संस्करणको टी–ट्वान्टी लिग पुस ८ बाट २६ गतेसम्म सञ्चालन हुनेछ ।
पहिलो संस्करणको लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारबीच प्रतिष्पर्धा हुनेछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया