झापामा महिला र पुरुषको शव फेला

दमक- झापाको मेचीनगरपालिकास्थित चारआली जङ्गलमा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । सोमबार अपराह्न महिला र पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
महिलाको शव भुइँमा र पुरुषको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोका अनुसार शवको पहिचान खुल्न सकेको छैन ।
आत्महत्या वा हत्या भन्ने विषयमा अहिले नै केही भन्नसक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया