इन्फरमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न

काठमाडौँ- इन्फरमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न भएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससि (अर्नस) कम्प्युटिङ र बिए (अनर्स) बिजनेस प्रशासन गरेर जम्मा १८१ विद्यार्थी सहभागी भएका थिए ।
कलेजले आज आइतबारका दिन दीक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरुको उल्लासमय उपस्थिति रहेको थियो । समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १३ जना र बिएससि (अर्नस) कम्प्युटिङ तह पुरा गर्ने १६८ जना विद्यार्थी गरी जम्मा १८१ जना विद्यार्थी दीक्षित भएका थिए ।
बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्धारा सञ्चालित छ । दीक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा.वेन्डी ब्लोइसीले विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए। सो अवसरमा बोल्दै उनले भने– 'तपाँइहरुले जस्तो सोच राख्नु हुन्छ, आउने दिनहरु त्यस्तै पाउनुहुनेछ ।” यसलाइ निरन्तर दिदैँ भन्नुभयो, “ ज्ञानले जीवनमा ठूलो प्रभाब पार्छ त्यसै गरी सकारात्मक सोचले हाम्रो जिवनमा राम्रो परिवर्तन ल्याउछ ।”
दीक्षान्त समारोहमा बोल्दै आइएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले यहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमाहरुमा रोजगार पाइरहेको बताए । उनले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरु सुचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राखे। अध्यक्ष बुढाथाकीले नेपालमा वेलायती शिक्षाले गर्दा विद्यार्र्थीमा स्वअध्ययन बढेको धारणा समेत व्यक्त गर्नुभयो । यसका साथै, उनले दीक्षित विद्यार्थीहरुको उज्वल भविष्यको शुभकामना दिए।
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_0qEMQl0TvU_ligeiwenokhwgy7djpfgrqtndiegvabaykdm8q3kmtang0plzo1euvldrfou.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

प्रतिक्रिया