चुनावको मौका छोपेर भारतले थाल्यो दशगजामा एकलौटी पर्खाल निर्माण (तस्बिरहरू)

बुटवल- नेपाल भारत सीमा नाका अन्तरगत रुपन्देहीको पक्लिहवामा भारतले एकलौटी रुपमा पर्खाल लगाएपछि विवाद शुरु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ पक्लिहवा नजिकको दशगजा क्षेत्रमा भारतले एकलौटीरूपमा पर्खाल निर्माण थालेको हो ।
दशगजासँगै जोडिएर एकलौटीरूपमा पर्खाल निर्माण गर्न लागेपछि स्थानीय प्रशासनमा जानकारी गराएका छन् । भारतीय सुरक्षाकर्मी एसएसबीले भारतमा एकीकृत जाँचचौकी (आईसीपी) निर्माणका लागि भन्दै ठूलो क्षेत्रमा पर्खाल लगाउन थालेको छ ।
सशस्त्र प्रहरीको जिल्ला कार्यालयको अगाडि नै भारतले दशगजाभर इँटा खसालेको छ । पिलर नम्बर ५१९ को छेवैमा जग खनेर पर्खाललाई आवश्यक पिलर पनि ठड्याइसकेको छ ।
नेपाल निर्वाचनमा होमिएको समयमा भारतले एकलौटीरूपमा बनाउन लागेको पर्खालमा नेपाली प्रशासनले आपत्ति जनाएको छ । निमार्ण कार्यप्रति आपत्ति जनाएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।
‘सशस्त्र प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई भारतले निर्माण गरेको पर्खालबारे जानकारी गराएको थियो,’ अर्यालले भने, ‘हामीले तत्काल गृह मन्त्रालयलाई खबर गर्यौँ र भारतीय पक्षलाई निर्माण कार्य रोक्न लगायौँ ।’ दशगजा क्षेत्रमा कुनै पनि काम गर्दा दुवै देशले अर्का देशको अनुमतिले मात्र निर्माण गर्न पाइने प्रावधान छ । तर, भारतीय पक्षले यसको पालना नगरेको सहायक प्रजिअ अर्यालको भनाइ छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया