अत्तरिया गोलीकाण्ड : व्यवसायी त्रासमा, सिसिटिभी फुटेज अध्ययन गर्दै प्रहरी

कैलाली - आइतबार साँझ अत्तरियामा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएपछि सो क्षेत्रका व्यवसायीहरू त्रसित बनेका छन् । आइतबार साँझ अत्तरियामा व्यापारीमाथि गोली प्रहार भएपछि व्यवसायीहरूले असुरक्षित महसुस गरेका हुन् ।
ईलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरीको सुदूरपश्चिम मुख्यालयनजिकै गोदावरी नगरपालिका १ धनगढी रोडमा रहेको न्यु घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम (सुनार) माथि मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेको थियो ।
खतरामुक्त रहेका विकासको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ । उनको हातमा गोली लागेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले पसल बन्द गरेर डेरातिर जाँदै गरेका विकासलाई गोदावरी नगरपालिका २ सशस्त्र प्रहरीको मुख्यालयअगाडि पूर्वबाट पश्चिमतर्फ आउदै गरेको नम्बर नखुलेको सेतो कलरको अपाचे मोटरसाइकलमा आएका दुईजना व्यक्तिले गोली हानेर उनीसँग रहेको तयारी सुनका करिब ३२/३३ तोला सुन लुटेर फरार भएको बताए ।
प्रहरीले लुटेराहरूको पहिचानका लागि सुनचाँदी पसलदेखि गोली प्रहार भएको स्थानका सिसिटिभी क्यमेराको फुटेजको समेत अनुसन्धान गरिरहेको जनाएको छ ।

फर्निचर उद्योगमा आगलागी

साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्- ‘डाक्…

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

किसानको आयआर्जन बढाउन बिरुवा वितरण

पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

पर्सामा लागुऔषधका एक सय १४ मुद्दा दर्ता

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

प्रतिक्रिया