कोभिड संक्रमण बढेसँगै फेरि लागू भयो कतारमा क्वारेन्टिनको नियम

काठमाडौँः कोभिडको त्रास निकै फैलिए पछि कतार सरकारले आफ्नोमा काम गर्न आउने नेपालीलाई १० दिन अनिवार्य क्वरेन्टिनमा बस्नुपर्ने नीति लिएको छ । नेपाल मात्र नभै उनसले यस क्षेत्रबाट आफ्नो मुलुक आउने सबैलाई त्यो नियम लागू गरेको हो ।
नेपाल, भारत, बंगलदेश, पाकिस्तानलगायतको मुलुकबाट कतार जाने व्यक्तिले अनिवार्य क्वरिन्टिनमा बस्नुपर्ने भएको छ । यसअघि कतार सहित अन्य खाडी राष्ट्रले पिसिअरा टेस्ट गरेर गएकालाई स्वतः घुम्न र काममा जान दिने गरेको थियो । कतारको नियमलाई अन्य खाडी राष्ट्रले पनि पछ्याउने छन् ।
काम गर्ने मात्र होइन खाडी मुलुकमा घुम्न जानेहरुको चाप पनि बढ्दै थियो । कतार सरकारको जनस्वास्थ्य मन्त्रालय सोमबार नै यो निर्णय लिएको हो । कतारको उक्त नियम भने विहीबारबाट लागू हुनेछ ।
ती मुलुकबाट कतार प्रवेश गर्ने यात्रुहरुले ४८ घण्टा अगाडिको कोभिड-१९ को नेगेटिभ रिपोर्ट पेश गरेपछि यात्रा गर्न पाउने र त्यसपछि पनि १० दिन क्वारेन्टिन बस्नुपर्ने उल्लेख छ । कोभिड विरुद्धको भ्याक्सिन लगाएकाका लागि समेत उक्त नियम लागू हुनेछ । कतारलाई ट्रान्जिट बनाई अन्य देशमा यात्रा गर्ने यात्रुले पनि ४८ घण्टा अघिको पीसीआर रिपोर्ट देखाउन पर्ने हुन्छ ।

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

कतारबाट वैवाहिक जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

गणितको जादु : ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने

सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला, उत्कृष्ट विद्यार्थी चिनमा हुने कार्यक्रमम…

वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहर व्यव…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजीको नेपाल आउँदै

प्रतिक्रिया