मकवानपुरमा छैन मल अभाव

हेटौंडा - मकवानपुरमा किसानका लागि आवश्यक रासायनिक मलको अभाव नरहेको कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय हेटौडाले जानकारी दिएको छ ।
कार्यालयले गोदाममा युरिया र डिएपी मल मागअनुसार मौज्दात रहेको दाबी गरेको छ । हाल किसानका लागि आवश्यक गहुँवालीसहित तेलहन र तरकारी खेतीका लागि कार्यालयबाट मल वितरणको काम भइरहेको छ ।
जिल्लामा रहेका अधिकार प्राप्त सहकारी संघ/संस्थामार्फत् बिक्री वितरणका लागि मल ढुवानी भइरहेको कार्यालयका लेखा अधिकृत उपेन्द्र ज्ञवालीले जानकारी दिए ।
कार्यालयसँग हाल युरिया मल एक सय १८ मेट्रिक टन र डिएपी मल एक सय ३८ मेट्रिक टन मौज्दात छ । मकवानपुरका १० स्थानीय तहका किसानका लागि एक सय २० सहकारी संस्थामार्फत् मल बिक्री वितरण भइरहेको कार्यालयको भनाइ छ ।
जिल्लाका अन्य पालिकामा मत वितरणको काम भइरहे पनि राक्सिराग र कैलाश गाउँपालिका दुर्गममा रहेकाले मल वितरणमा समस्या भइरहेको छ ।
यसअघि कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा युरिया मल ४४२ मेट्रिक टन र डिएपी मल ३०१ मेट्रिक टन बिक्री वितरण गर्ने बताएको थियो ।
कार्यालयका अनुसार युरिया मल प्रतिबोरा रु ८०१ तथा डिएपी मल प्रतिबोरा रु २ हजार २५१ मा बिक्री भइरहेको छ ।
रासस

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया