१३५ मेगावाटको मनाङ–मर्स्याङ्दीको पीडीएमा हस्ताक्षर
४१ अर्ब ६० करोड रुपैयाँको लगानी हुँदै

काठमाडौं– ऊर्जा मन्त्रालय र मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीबीच आज आइतबार ‘आयोजना विकास सम्झौता’ (पीडीए) मा हस्ताक्षर भएको छ । सम्झौतामा ऊर्जा सचिव दिनेशकुमार घिमिरे र प्रवर्धक बुटबल पावर कम्पनी (बीपीसी) का प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
नेपाली साझेदार बीपीसीको २० प्रतिशत र तीनवटा चिनियाँ कम्पनीहरुको ८० प्रतिशत लगानी रहने मनाङ–मस्र्याङ्दी (१३५ मेगावाट) को ऋणदातालाई नेपाल सरकारका तर्फबाट आश्वस्त तुल्याउन पीडीए गरिएको प्रवर्धक कम्पनीका उपमहाप्रबन्धक प्रतीकमान सिंह प्रधानले बताए ।
उनका अनुसार आयोजनामा अनुमानित ३२ करोड अमेरिकी डलर (४१ अर्ब ६० करोड रुपैयाँ) छ । आगामी चार वर्षभित्र आयोजना पूरा गर्ने गरी पीडीए भएको प्रधानले बताए । ‘आगामी जनवरी महिनाभित्र इपीसी ठेकेदारसित ठेक्का सम्झौता गर्ने योजना छ,’ उनले भने ।
यो आयोजनामा तीनवटा चिनियाँ कम्पनीमध्ये सबैभन्दा बढी सिचुवान इन्भेष्टमेन्ट ग्रुपको लगानी छ । अन्य दुई चिनियाँ कम्पनीहरुमा सीएक्सआईजी र क्यूवाइइसी छन् । ‘आयोजना निर्माणका क्रममा सरकारले लगानी संरक्षण गर्ने र हामी (प्रवर्धक) ले निर्धारित समयमा आयोजना पूरा गर्ने गरी पीडीए भएको हो,’ प्रधानको भनाइ थियो ।
अर्धजलाशययुक्त प्रकृतिको मनाङ–मर्स्याङ्दीबाट वार्षिक ७६ करोड ६० लाख युनिट ऊर्जा उत्पादन हुने गरी डिजाइन गरिएको छ ।
बीपीसीले योसहित चिनियाँ लगानीमा एकसाथ तीनवटा आयोजना अघि बढाएको छ । तल्लो मनाङ मर्स्याङ्दी (२७४ मेगावाट) माथिल्लो मस्र्याङ्दी २ (३२७ मेगावाट) को भने पीडीए हुन बाँकी छ ।
नेपालमा सय मेगावाटभन्दा माथिका विदेशी लगानीका जलविद्युत् आयोजनाहरुलाई सरकारले यस्तै पीडीए गर्ने गर्छ । नेपालीहरुले पनि विदेशी लगानी सरह सरकारबाट सुविधा र ग्यारेन्टी पाउनुपर्ने माग गर्दै आएका छन् ।
माओवादी केन्द्रको सदाबहार भागमा पर्ने ऊर्जा मन्त्रालयले भने विगत चार वर्षदेखि नेपाली लगानीका आयोजनाहरुको विद्युत् खरिद सम्झौता (पीपीए) रोक्दै आएको छ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया