अस्पतालमा अक्सिजन र आईसियूको व्यवस्था गर्न सरकारलाई निर्देशन
काठमाडौँ : प्रतिनिधीसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले विभिन्न अस्पतालहरुमा अक्सिजन सिलिन्डर र आईसियूको व्यवस्था तुरुन्त गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेकाले अस्पतालहरुमा अक्सिजन र आइसियुको अभावमा बिरामीहरु छट्पटाएर ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन अक्सिजन र आइसियुको व्यवस्था तुरुन्त गर्न निर्देशन दिएको हो ।
बैठकले आइसोलेसन, क्वारेन्टिनको व्यवस्थापन तीनवटै तहको सरकारको सक्रियकतामा तीव्रतापूर्वक गर्न निर्देशन दिएको छ भने नेपालगञ्ज, वीरजंग, भैरहवा लगाएत भारतसंग सीमा जोडिएका शहरहरु र कोरोना बढि प्रभावित स्थानमा दक्ष स्वास्थ्यकर्मीहरु पठाउन पनि निर्देशन दिएको छ ।
बैठकले कोभिड विरामीहरुको लागि सहज रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन, कोभिड विरामी कुरुवालाई स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्न, कोभिड विरामीको उपचारमा खटिएका डाक्टर, नर्स लगायत सबै स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री र जोखिम भत्ता तुरुन्त उपलब्ध गराउन पनि निर्देशन दिएको छ । त्यस्तै कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले २०७८ बैशाख ६ गते जारी गरेको आदेशको कडाईका साथ कार्यान्वयन गराउन पनि निर्देशन दिएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिइन् ।
बैठकमा सांसदहरुले कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सुझाव दिएका थिए । सांसद योगेश भट्टराईले नेपाल भारत खुल्ला सीमामा कडाईका साथ हवाई मार्गबाट नेपाल भित्रने नागरिकको स्वास्थ्यजाँच अनिवार्य गर्नुपर्ने बताए ।
बैठकमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले कोरोना संक्रमणको अवस्था र तयारीका बारेमा समितिलाई जानकारी गराएका थिए । समितिले कारागारहरूमा मानवीय वातावरण सहितको बस्ने स्थिति निर्माण गरी कोरोना र अन्य स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

प्रतिक्रिया