साताको सुरुवातै सेयर बजार परिसूचक २७ अंकले ऋणात्मक

काठमाडौँ- साताको सुरुवातकै दिन सेयर बजार कारोबारमा २७ अंकको गिरावट देखिएको छ । आइतबार बजार २७.५४ अंकले घटेर १८५५.०६ मा कायम भएको हो ।
आइतबार बजार १.४६ प्रतिशतले ओरालो लागेको छ । यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स १.४२ प्रतिशतले घटेर ३६२.८२ अंकमा कायम छ ।
उप-सूचक तर्फ आइतबार १३ ओटै सूचक घटेका छन् । बैंकिङ क्षेत्र १.५२ प्रतिशत फाइनान्स क्षेत्र २.८८ प्रतिशत, विकास बैंक क्षेत्र २.०६ प्रतिशत, जलविद्युत क्षेत्र २.०४ प्रतिशत, अन्य क्षेत्र २.१९ प्रतिशत उच्च गिरावट आएको छ।
घट्दो बजारमा पनि आज कारोबार भएका २५ कम्पनीको सेयर मूल्य बढेका छन् भने १८० कम्पनीको सेयर मूल्य घटेको छ । आज २५० कम्पनीको १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँ बराबरको ३७ लाख ७८ हजार ९५१ पटकमा २६ हजार ६६१ पटकमा किनबेच भएको छ।
आइतबार इस्टर्न हाइड्रोपावरको सेयर सकारात्मक सर्किट ब्रेकर लागेको छ । ग्लोबल आइएमई ब्यालेस्ड फण्ड, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, बुद्ध भूमि हाइड्रो लगायतको सेयर उच्च कमाउनेमा कम्पनीरहेका छन्।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया