ऊर्जामन्त्री रायमाझीलाई कोरोना पुष्टि

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखापरेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्नेको स्वाव परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो ।
मङ्गलबार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उहाँकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री थापा, निजी सचिव नारायण खत्री र भान्से महेश पन्थीलाई कोरोना पुष्टि भएको हो ।
हाल मन्त्री रायमाझीसहित सबैको स्वास्थ्यावस्था सामान्य रहेको निजी सचिवालयले जनाएको छ । अस्पताल भर्ना हुँदा जोखिम कम भएकाले उनलाई वीरेन्द्र सैनिक अस्पताल भर्ना गरिएको छ । गृहजिल्ला अर्घाखाँचीबाट काठमाडौंँ आएपछि उहाँलाई कोरोनाको लक्षण देखा परेको थियो । रासस

‘अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय’ : उद्योगम…

कार्यान्वयन योग्य योजनाको माग

लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलको निधनले पार्टीलाई अपूरणीय क्षतिः सभापति द…

रेशम चौधरीलाई नियत राखेर पक्राउ गरिएको होइन, कर्मचारीले बदमासी गरेका हुन्ः …

राजसंस्था र हिन्दुराष्ट्रको स्थापना गर्न अनिश्चितकालीन जनआन्दोलन घोषणा

लिङदेन, कमल थापा र सुवेदी एउटै मञ्चमा
संसदमा उठ्यो भारत-पाकिस्तानको बिषय, सरकारको धारणा माग

प्रतिक्रिया