लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बैशाख १९ गते

बुटवल : लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आगामी बैशाख १९ गते डाकिएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा पेश भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बैठक आह्वान गरिएको हो।
प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रअनुसार १९ गते आइतबार दिनको १ बजे बस्नेगरी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । विशेष अधिवेशन सम्बन्धमा पत्र प्राप्त भैसकेको र सभामुखसँग छलफलपछि सूचना प्रकाशित गर्ने तयारी भैरहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले बताए ।
बैशाख ६ गते नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगाएतका प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। लगत्तै विपक्षी प्रदेश सभा सदस्यहरूले प्रदेश प्रमुखको कार्यालयमा विशेष अधिवेशन बोलाउन माग गरेका थिए।

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_V9UglwJnQp_41fkmlxe4qkiciwqnb874ngxqiaqdcd4dfxpltzush78madf6auavgml5r0f.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_V57f4gmxUj_968bhywvlsiwwfzv1bqpnd1sf5ysom6y8lxse6uovpb4alm8tlyhvegbz2an.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

प्रतिक्रिया