सुकुटेलाई पर्यटकीय हब बनाउन नगरपालिकाले थाल्याे पहल

सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको सुकुटे क्षेत्रलाई 'पर्यटकीय हब' बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले विशेष चासो राखेको छ । राजधानी काठमाडौंबाट ६७ किलोमिटर दुरीमा रहेको सुकुटेलाई व्यवस्थित बनाउँदै अझै पर्यटकको आकर्षण बढाउने उदेश्यले नगरपालिकाले शुक्रबार सरोकारवाला निकायसँग अन्तरकृया गरेकाे छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य माधव सापकोटाले सुकुटेले सिन्धुपाल्चोककाे थप प्रचार गरिरहेकाे बताए । यस क्षेत्रमा सञ्चालित होटल व्यावसायलाई २४सैं घण्टा सञ्चालन गर्ने वातावरण बनाउन पहल गर्नेु पर्ने उनले बताए ।
वाग्मती प्रदेससभा सदस्य सरल सहयात्री पौडेलले पनि अरनिको राजमार्गमा पर्ने सुकुटेले पर्यटकीय र धार्मिक दुवै महत्व बोकेको उल्लेख गरे । यो क्षेत्रमा अरनिको र भृकुटीको प्रतिमासहितको पार्क निर्माण गर्नसके ऐतिहासिक महत्वलाई समेत जिवित राख्न मद्दत पुग्ने बताए ।
चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले नगरभित्रको समग्र क्षेत्रको विकासमा आफ्नो ध्यान गएको बताए । सुकुटे बजारलाई अझै व्यवस्थित गर्दै पर्यटकीय हवको रुपमा विकास गर्ने नगरपालिकाले विशेष योजना ल्याउने उल्लेख गरे । पर्यटन सँगसँगै वातावरण स्वच्छ बनाउन फोहोर व्यवस्थापनमा व्यावसायीहरु पनि जिम्मेवार हुनुपर्नेमा मेयर सापकोटाकाे भनाइ छ ।
व्यवसायी महेन्द्र थापाले सुकुटे आउने पर्यकलाई कालीमाटीको तरकारी किनेर खुवाउनुपर्ने बाध्यता रहेको बताए । सुकुटेको पहिचानको लागि स्थानीय उत्पादनमा जोड दिन आवश्यकता रहेकाे उनकाे भनाइ छ । कुक, वेटर, लेखा ब्यवस्थापनसम्बन्धी तालिम स्थानीय तहले दिएर स्थानीय स्तरमा दक्ष कर्मचारी उत्पादन गर्नुपर्ने ब्यवसायीकाे जाेड छ ।

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_BdJzJc7fBS_htgipv5kokk0dqluypxadmwwon9muwrscztt9u4zryjkdwtk9ew52qoylygs.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रतिक्रिया