राष्ट्रिय सभा उपनिर्वाचन बजेट डेढ करोड रुपैयाँ, निर्वाचन अधिकृतमा श्रेष्ठ

काठमाडौं : निर्वाचन आयोगले जेठ ६ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि आर्थिक व्यवस्थापन सम्बन्धमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७८ तयार गरेको छ । कार्यविधि अनुसार निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि जम्मा १ करोड ६१ लाख ३० हजार रुपैयाँ बजेट अनुमान गरिएको छ ।
कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयमा लेखी पठाउन आयोगबाट बैशाख १४ मा निर्णय भएको थियो । सोहीअनुसार अर्थ मन्त्रालयमा पत्राचार समेत भएको आयोगले जानकारी दिएको छ ।
न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ । बैशाख १४ को निर्णयबाट नियुक्ति गरिएको आयोगले बताएको छ ।

विकास सहायतालाई अनुमानयोग्य र पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आह्वान

नेतृत्वप्रति आक्रोश भए पनि व्यवस्थाप्रतिको समर्थन घटेको छैनः माधव नेपाल

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

प्रतिक्रिया