दाङमा ९ दिन लकडाउन घोषणा

दाङ : दाङमा लकडाउनको घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा घोराहीमा बसेको सरोकारवालाहरूको बैठकले दाङमा ९ दिन लकडाउन गर्ने निर्णय गरेको हो ।
बैठकले बैशाख १७ गते बिहान छ बजेदेखि २५ गते बेलुकी छ बजेसम्म जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको हो । खाद्यन्न पसल भने दैनिक बिहान ६ देखि ८ बजे सम्म खुल्नेछ । यस्तै अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात सन्चालनमा रोक लगाइएको छ ।
यस्तैगरी बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डीलाई ६५ वेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय वेडको बनाउने निर्णय गरेको छ । यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०/४० वेड क्षमताको आईसोलेसन र प्रत्येक गाउँपालिकाले २० वेड क्षमताको अक्सिजन सहितको आइसोलेसन बनाउने निर्णय भएको छ ।

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

प्रतिक्रिया