काठमाडौंमा घर फोडेर ३९ तोला सुन र १ लाख ७१ हजार चोर्ने एक जना पक्राउ

काठमाडौं- काठमाडौंको वनस्थलीमा घर फोडेर ३९ तोला सुन र १ लाख ७१ हजार चोर्ने एक जना पक्राउ परेका छन् ।
गत मंसिर १८ गते घरको ढोका फोडेर घरबेटीको २६ तोला सुन र एक लाख १४ नगद तथा सोही घरमा भाडामा बस्नेको कोठाबाट १३ तोला सुन र ५७ हजार रुपैयाँ नगद चोरेर फरार रहेका गोरखाका डिलबहादुर घले पक्राउ परेका हुन् ।
बिहीबार उनलाई गोरखाको गोरखा नगरपालिका ६ बाट पक्राउ गरेको महानगरीय अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनी यसअघि २०७२ जेठमा समेत काठमाडौं महानगरपालिका २६ बाट एक घरमा चोरी गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट १ वर्ष ६ महिना १९ दिन कैद र २ लाख ७२ हजार ८९९ रुपैयाँ जरिवाना समेत भुक्तान गरी डिल्लीबजार कारागारबाट छुटेका थिए ।
उनलाई पक्राउ पश्चात थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया