राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि सकिंदैनः गुरुङ

काठमाडौं- नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनाउन खोज्नु अहिलेको सिस्टम अनुरूपको भिजन विपरीत भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङले राष्ट्रियताको रक्षा गर्दै मुलुकको रक्षा विचारले गर्ने र विचारकै आधारमा दलहरू चल्ने भएकाले मुलुकको नेतृत्व गैरराजनीतिक व्यक्तिलाई सुम्पिनु सिस्टम अनुरूपको भिजन नभएको बताएका हुन् ।
राजनीतिक पृष्ठभूमि, विचारधारा, सिद्धान्त लगायतको मूल्यमान्यताका आधारमा नै दलका नेताहरूले मुलुक र राज्यका अंगहरूको नेतृत्व गर्न सक्ने उनकाे भनाइ छ । उनले अहिलेको अवस्थामा दलीय प्रणाली र दलका नेताहरूको विकल्प नरहेको दाबी गरे ।
गुरुङले राजनीतिक पृष्ठभूमि बाहिरबाट पात्रहरूलाई अघि सार्न खोज्नु राजनीतिक प्रणालीबाटै विचलन भएको चिन्तनको उपज भएको तर्क गरे ।
मुलुकमा संकट पैदा भइरहेको अवस्थामा दलका नेताहरूले नै सोच्नुपर्ने उनको भनाइ छ । महासचिव गुरुङले अहिले दलहरूबीच सहमति र समझदारीको खाँचो रहेकाले एकले अर्कालाई निषेधको बाटोमा जान नहुने बताए ।
उनले नेकपा एमालेसँग सरकार गठनका विषयका कुनै कुरा नभएको स्पष्ट पारे ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया