पाकिस्तानी क्रिकेटर अजहरद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा
काठमाडौँ- पाकिस्तानी क्रिकेटर अजहर अलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । शनिबारबाट कराँचीमा सुरु हुने इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्ट खेलपछि अजहरले सन्न्यास लिने घोषणा गरेको क्रिकइन्फोले जनाएको छ ।
उनले पाकिस्तानका लागि ९६ टेस्ट खेलेका छन् । अजहरले पाकिस्तानका लागि १९ सतकसहित ७ हजार ९७ रन बनाएका छन् । अजहरले ५३ एकदिवसीय खेल्दै ३ सतकसहित १ हजार ८ सय ४५ रन बनाएका छन् ।
३७ वर्षीय अजहरले पाकिस्तानका लागि ९ टेस्ट खेलमा कप्तानी गरेका छन् । उनको कप्तानीमा पाकिस्तानले घरेलु मैदानमा दुईवटा टेस्ट सिरिज जितेको थियो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया