‘एक वडा, एक माध्यमिक विद्यालय, एक अक्षयकोष’ अभियान

बलेवा । जिल्लाको जैमिनी नगरपालिकामा ‘एक वडा, एक माध्यमिक विद्यालय, एक अक्षयकोष’ अभियान सुरु भएको छ । गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध गराउने उद्देश्यले सबै वडाका माविमा अक्षयकोष स्थापना गर्न लागिएको हो ।
सामाजिक संस्था ‘हाम्रो जैमिनी संस्था’ले अक्षयकोष स्थापनाको पहिलो चरणको अभियान सुरु गरेको छ । दाताहरुकै सहयोगका भरमा उक्त अभियान सुरु गरिएको संस्थापक छायादत्त चापागाईंले बताए ।
पहिलो चरणमा नगरपालिका–७ जैदीमा रहेको संस्कृत मावि, वडा नं ८ छिस्तीमा रहेको जनकल्याण मावि, वडा नं ६ अर्जेवामा रहेको जनकल्याण मावि, वडा नं ५ बिनामारेमा रहेको सर्वोदय जनक मावि र वडा नं ४ सर्कुवामा रहेको जनता माविलाई अक्षयकोषको रकम प्रदान गरिएको छ । उक्त संस्थाले विद्यालयमै रहनेगरी प्रतिविद्यालय रु १५ हजार प्रदान गरेको हो ।
कोषबाट आउने वार्षिक व्याजबाट माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अङ्क ल्याउने वा आवश्यकताका आधारमा जहेन्दार विद्यार्थीलाई विद्यालयले छात्रावृत्ति प्रदान गर्न अन्य स्रोत खोजी गरी कोष वृद्धि गर्नसक्ने उनले बताए ।
पहिलो चरणमा पाँच वटा मात्रै विद्यालयका लागि कोषको रकम प्रदान गरिएको भए पनि क्रमशः १० वटै वडाका एक-एक वटा विद्यालयमा पुर्याइने संस्थापक चापागाईंले जानकारी दिए । उक्त संस्थाले नेपालमा र विदेशमा रहेका संस्थाका सदस्यबाट स्वःस्फूर्त सहयोग सङ्कलन गरेर कोषका लागि पैसा जम्मा गरेको थियो ।

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

प्रतिक्रिया