आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

पीसीआर परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको आग्रह

फाइल तस्‍बिर

काठमाडौं : स्वास्थ्य तथा जनसख्या मन्त्रालयले कोभिड–१९ पहिचानका लागि गरिने पीसीआर परीक्षणमा तोकिएको भन्दा बढी शुल्क नलिन प्रयोगशालाहरूलाई सचेत गराएको छ । मंगलबार मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै तोकिएकोभन्दा बढी शुल्क लिए परीक्षण सूचीबाट समेत हटाउने चेतावनी दिएका छन्। 

सरकारले सरकारी प्रयोगशालामा एक हजार र निजीमा दुई हजार शुल्क तोकेको छ । निजी प्रयोगशालाहरूले विभिन्न नाममा थप शुल्क लिएको गुनासो आएपछि यस्तो सूचना जारी गरिएको मन्‍त्रालयले जनाएको छ ।