बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

सार्वजनिक यातायात सञ्‍चालनमा रोक लगाउने सरकाररी निर्णयप्रति व्यवसायीको असन्तुष्टि

काठमाडौँ : सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् । सरकारले काठमाडौँ उपत्‍यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ तर आन्तरिक हवाई उडान तत्‍काल नरोक्‍ने निर्णय विभेदपूर्ण रहेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाएका हुन् । कोभिड-१९ संक्रमणको अवस्था भयावह भएकोले अत्यावश्यक बाहेकका सबै प्रकारका यातायातका साधन रोक्नुपर्ने व्यवसायीको माग छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले यातायात सञ्चालनमा रोक लगाउँदा विभेदपूर्ण निर्णय गरेको भन्दै सरकारी निर्णयलाई पुर्नविचार गर्न माग गरे । हवाई उडानमा जस्तै सार्वजनिक यातायातका सवारी साधनले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्ने भएकाले लामो दूरीका सवारी साधन चलाउन दिनुपर्ने बताए ।

महासचिव सिटौलाले आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद गरिए यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णयको स्वस्फूर्त अवज्ञा हुने समेत चेतावनी दिए । अघिल्लो वर्ष लामो समय यातायात बन्द गरिदाँ यातायात क्षेत्र धरासयी भएको भन्दै व्यवसायीहरूले यस वर्ष यातायात व्यवसायलाई बन्द गर्नु नहुने बताइरहेका छन् । सार्वजनिक यातायात बन्द गरेर मात्रै कोरोना संक्रमण नरोकिने भन्दै उनीहरूले यसका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका छन् ।