सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

पर्सामा पनि निषेधाज्ञा

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे

काठमाडौँ  : पर्सामा पनि आगामी बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । आज मंगलबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले आगामी बिहीबारदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले इकागजलाई जानकारी दिए । 

‘निषेधाज्ञा गर्नेबारे निर्णय भएको छ,’ उनले भने, ‘वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा हुनेछ ।’ उनले यो अवधिमा केके गर्न पाइने केके गर्न नपाइने भन्ने विषयमा केहीबेरमा सार्वजनिक सूचना जारी गर्ने पनि बताए ।