वाग्मती प्रदेश सभामा समानुपातिकबाट ७ दलको प्रतिनिधित्व

मकवानपुर । वाग्मती प्रदेश सभामा समानुपातिकतर्फबाट ७ दलको प्रतिनिधित्व भएको छ। प्रदेशमा समानुपातिक तर्फ नेकपा एमाले, कांग्रेस,नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, नेकपा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र हाम्राे नेपाल पार्टीको प्रतिनिधित्व हुने भएको हो ।
समानुपातिक मतकाे आधारमा नेकपा एमालेकाे १४, कांग्रेसकाे १२, माओवादी केन्द्रकाे ७, राप्रपाकाे ६, नेकपा एकीकृत समाजवादीकाे २, नेपाल मजदुर किसान पार्टीकाेकाे २ र हाम्राे नेपाल पार्टीकाे १ सिटमा निर्वाचित भएकाे आयाेगले जनाएकाे छ । निर्वाचन आयाेगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ काे समानुपातिक तर्फकाे सांसदकाे नतिजा सार्वजनिक गरेकाे हाे ।
आयाेगले सार्वजनिक गरेकाे समानुपातिक तर्फ निर्वाचनकाे नतिजा घाेषणामा बागमती प्रदेशको प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीबाट ४४ जना निर्वाचित भएका हुन् । दलहरुले पेश गरेकाे वन्दसूचीकाे आधारमा समानुपातिक तर्फकाे मत गणनाकाे नतिजा सार्वजनिक भएपछि आयाेगले सदर मतकाे ३ प्रतिशत ल्याउने दलहरुलाई सांसदकाे नाम सिफारिस गर्न भनेकाे थियाे । दलहरुले सिफारिस गरेकाे नामलाई अन्तिम रुप दिइ आयाेगले समानुपातिक सांसद निर्वाचित भएकाे घाेषणा गरेकाे हाे ।

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

प्रतिक्रिया