डलर घट्यो, युरो र पाउण्ड बढ्यो

काठमाडौँ- राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २४ पैसा कायम गरिएको छ। बुधबार भने अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २० पैसा र बिक्रीदर १३२ रुपैयाँ ८० पैसा कायम गरिएको थियो । अघिल्लो दिनको तुलनामा अमेरिकी डलर ५६ पैसाले ओरालो छ ।
युरोपियन युरोमा १ रुपैयाँ ७ पैसाले उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २९ पैसा र बिक्री दर १४० रुपैयाँ ९३ पैसा तोकिएको छ । अघिल्लो दिन भने यसको खरिद दर १३९ रुपैयाँ २३ पैसा र बिक्री दर १३९ रुपैयाँ ८६ पैसामा कारोबार भएको थियो । त्यस्तै बेलायती पाउण्ड स्ट्रलिङको खरिददर १६२ रुपैयाँ ९८ पैसा पुगेको छ भने बिक्री दर १६३ रुपैयाँ ७२ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ रुपैयाँ १२ पैसाले उकालो लागेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४० पैसा र बिक्रीदर ९० रुपैयाँ ८१ पैसा तोकिएको छ । क्यानेडियन डलरमा पनि ७९ पैसाले वृद्धि भई एकको खरिददर भने ९७ रुपैयाँ ७७ पैसा र बिक्री दर ९८ रुपैयाँ २१ पैसा तोकिएको छ।
कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ४ पैसा कायम रहेको छ । बुधबार कतारी रियाल खरिददर ३६ रुपैयाँ २ पैसा र बिक्रीदर ३६ रुपैयाँ १८ पैसामा कारोबार भएको थियो ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १ पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा तोकेको छ । यता मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ९८ पैसा र बिक्री दर ३० रुपैयाँ ११ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए ए…

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

प्रतिक्रिया