तेस्रो बलिउड फिल्म साइन गर्दै रश्मिका मन्दना

हैदराबाद : रश्मिका मन्दनालाई आजभोलि भारतमा नेसनल क्रस भन्ने गरिन्छ । पहिलो फिल्म ‘किरक’ पार्टी हिट भएसँगै दर्शकको रोजाइमा परेकी रश्मिकालाई बाँकी दुई फिल्म ‘डियर कमरेड’ र ‘गीता गोविन्दम्’ले स्टार बनाए ।
यसपछि त रश्मिका तेलगु फिल्ममा मात्र होइन बलिउडमा पनि रोज्जा बनिन् । यसैको असर रश्मिकाले यतिबेला दुइटा बलिउड फिल्म साइन गरेकी छिन् । सिद्धार्थ मल्होत्राको अपोजिटमा ‘मिसन मज्नु’ र अमिताभ बच्चनको ‘गुडबाई’ रश्मिकाले सुटिङ गरिरहेका बलिउड फिल्म हुन् ।
तर, दुईबाहेक रश्मिकाले तेस्रो बलिउड फिल्म साइन गर्न लागेको संकेत गरेकी छिन् । अल्लु अर्जुनसँग ‘पुष्पा’को सुटिङबाट बाँकी रहेको समयमा फ्यानसँग इन्स्टामा गफिँदै उनले तेस्रो बलिउड फिल्म साइन गर्न लागेको बताएकी छिन् । ‘तेस्रो बलिउड फिल्म गर्दैछु तर अहिले यसको बारेमा पुरै कुरा गर्न मिल्दैन,’ उनले लाइभमा भनेकी छिन् ।
रश्मिकालाई फ्यानले विजय देवकोरान्डासँगको तेस्रो फिल्मको बारेमा पनि जिज्ञासा राखेका थिए । ‘डियर कमरेड’ र ‘गीता गोविन्दम्’ मा सँगै काम गरेपछि दुवैको जोडीलाई दर्शक तेस्रो पटक पर्दामा हेर्न आतुर छन् । तर, दुईको जोडीलाई दर्शकले नयाँ फिल्ममा अनुबन्ध गरेका छैनन् । रश्मिकाले दुवैलाई सुहाउने स्क्रिप्ट आए आफू विजयसँग काम गर्न आतुर रहेको बताएकी छिन् ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया