राष्ट्रपति भण्डारीद्वारा श्रीराम मिथिला शिक्षालयको उद्घाटन

भोजपुर - राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीराम मिथिला शिक्षालयको उद्घाटन गरेकी छिन् । राष्ट्रपति भण्डारीले जन्मगाउँ रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय’ उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षालयको स्थापनाले स्थानीयवासीलाई प्राविधिक शिक्षा लिन सहज हुने विश्वास व्यक्त गरे ।
'अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो', राष्ट्रपति भण्डारीले भनिन्, 'यो प्राविधिक शिक्षालयले यहाँको शिक्षाको विकास महत्वपूर्ण भूमिका खेल्नेछ । शिक्षालय स्थापनाले प्राविधिक शिक्षा लिन अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । सीपयुक्त जनशक्ति उत्पादनमा राज्यले ध्यान दिन आवश्यक छ ।'
राष्ट्रपति भण्डारीले पिता रामबहादुर पाण्डे र माता मिथिला पाण्डेको सम्झनामा शिक्षालय स्थापना गर्न पहल गरेकी हुन् । दुर्गम ठाउँका स्थानीयवासीमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न भण्डारीको पहलमा यहाँ रु ११ करोड ३९ लाख ७३ हजार आठ सय लागतमा शिक्षालय निर्माण गरिएको हो ।
राष्ट्रपति भण्डारीले बेहेरेश्वर महादेव र शिवालय मन्दिरको दर्शनसँगै आफू अध्ययन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षणसमेत गरेका छन् । जन्मघर नजिकै ५५ रोपनी क्षेत्रफलमा निर्माण भएको प्राविधिक शिक्षालयलाई राष्ट्रपतिले ३७ रोपनी र उहाँका परिवारले १८ रोपनी जग्गा निःशुल्क दिएकी हुन् । रासस

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया