प्रतिनिधिसभाभन्दा प्रदेशमा महिला सांसद धेरै

काठमाडौँ - प्रतिनिधिसभाभन्दा प्रदेश सभामा महिला सांसद संख्या धेरै देखिएको छ । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रतिनिधिसभा भन्दा प्रदेश सभामा महिला सांसदको संख्या धेरै देखिएको हो ।
प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् । जसमध्ये प्रतिनिधिसभातर्फ ९१ जना अर्थात् ३३ दशमलव १० प्रतिशत महिला निर्वाचित भएका छन् भने प्रदेशसभातर्फ २०० जना अर्थात् ३६ दशमलव ३६ प्रतिशत महिला सांसद निर्वाचित भएका छन् ।
आयोगले प्रतिनिधि सभातर्फको अन्तिम परिणाम भोलि राष्ट्रपतिसमक्ष पेस गर्ने जनाएको छ भने प्रदेश सभाको अन्तिम परिणाम यही पुस २ गते प्रदेश प्रमुखसमक्ष पेस गर्ने भएको छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया