बालिका शिक्षामा सुधारका लागि खबरदारी

मकवानपुर । बालिका शिक्षाको सुधारका लागि सरोकारवालाहरूले खबरदारी गरेका छन् । शिक्षा क्षेत्रमा राजनीतिकरण हावी भएका कारण शिक्षा क्षेत्र अस्तव्यस्त भएको भन्दै यस्तो खबरदारी गरिएको हो ।
आसमान नेपाल र शिक्षा पत्रकार समाजको आयोजनामा बालिका तथा समावेशी शिक्षाको नीतिगत पैरवी सिकाई आदानप्रदान कार्यक्रम यस्तो बताइएको हो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय बागमतीका उपेन्द्र राई, हेटौंडा उपमहानगरपालिका शिक्षा शाखाका राजेश बिडारीलगायतले शिक्षामा सकारात्मक सुधार सुरु भएको बताएका थिए ।
प्रदेश सरकारले शैक्षिक सुधारको लागि नेतृत्व र हातेमालो गर्न तयार रहेको राईले बताए । यसैगरी स्थानीय तहमा अभिभावक शिक्षाको सवालमा नियमित कार्यक्रम रहेको बिडारीले बताए । बालमैत्री स्थानीय शासन लागू हुनु गर्न तर्फ लागेको र गैससको समन्वय आवश्यक रहेको उनले बताए । सेनिटरी प्याड, विद्यालय पोसाक खरिदको तयारीमा उपमहानगर रहेको बिडारीले बताए ।
कार्यक्रममा शिक्षा पत्रकार समाजका केन्द्रीय अध्यक्ष प्रकाश सिलवालले शिक्षाको सवालमा विद्यमान व्यवस्था, चुनौती तथा सिकाइबारे जानकारी गराएका थिए । जन्मदर्ता नभएको कारण शिक्षाबाट कुनै पनि बालिका शिक्षाबाट वन्चित हुने अवस्था हुन नहुने सिलवालले बताए । किशोरी सशक्तीकरण लागि शिक्षा अनिवार्य रहेको सिलवालले बताए ।
कार्यक्रममा आसमान नेपाल परियोजना फोकल व्यक्ति कृति केशरीका अनुसार मधेश, गण्डकी, बागमती र कर्णाली प्रदेशको २३ स्थानीय तहका ३८ विद्यालय यो कार्यक्रम सञ्चालनमा रहेको छ ।
कार्यक्रममा हिमराइट्स मकवानपुर कार्यक्रम संयोजक कुमारी वाइबाले आर्थिक रूपमा अति बिपन्न भएकाको शिक्षाको सवाल कमजोर रहेको बताइन् । सिविन बाल हेल्प लाइन प्रमुख झबिन्द्र ज्ञवाली भौगोलिक दुरीको कारण स्कुल छाड्ने चुनौती ख्याल गर्नु पर्ने औल्याएका थिए । बालबालिका स्कुल छोड्ने कारण अभिभावक सचेत नभएको कारण पनि रहेको ज्ञवालीले बताए । “बालबालिका बिग्रे भन्ने सुनिन्छ तर अभिभावक झन बिग्रन थाले” ज्ञवालीले भने । स्कुल नजाने सबै बालबालिका बाल श्रममा आवद्ध भएको बताए ।
होस्टलमा राखिएका बालबालिकाको भविष्य संकटमा रहेको, आफ्नो काममा सहज हुन बालबालिकालाई मोबाइल दिनाले ड्रप आउट बढेको उनले बताए । जन्मदर्ता अभावको कारण पढ्नबाट बन्चित हुने अवस्थालाई हेरेर वैकल्पिक शिक्षा कार्यक्रम चाहिने उनले बताए । “जन्मदर्ता समस्या समाधान भाषण र गोष्ठीमा मात्रै छ, सफ्टवेयरमा छैन” ज्ञवालीले भने ।
कार्यक्रममा शिक्षाको लागि राष्ट्रिय अभियानका प्रकाश खतिवडाले सार्वजनिक शिक्षा सुदृढीकरण गर्नु आवश्यक रहेको बताए । सहभागीहरूले बागमती प्रदेशको राजधानी हेटौंडामा किशोरी सशक्तीकरणको शिक्षा कार्यक्रम माथि छलफल भएको हो । कार्यक्रम शिक्षा पत्रकार समाजका बागमती प्रदेश उपाध्यक्ष रिपेश दाहालले सहजीकरण गरेका थिए ।
अभिभावक शिक्षा, विद्यालय व्यवस्थापन पक्षमा सुधार गर्ने नीतिगत पहल आवश्यक भएको सहभागीहरूले बताएका थिए ।

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

प्रतिक्रिया