जापानमा कोभिडबाट मृत्यु हुनेको संख्या दश हजार नाघ्यो

टोकियो : जापानमा त्यहाँको सरकारले तेस्रो पटक संकटकाल घोषणा गरेको दोस्रो दिन सोमबार सार्वजनिक गरिएको तथ्यांकमा यहाँका सङ्क्रमितमध्ये अहिलेसम्ममा १० हजार जनाको ज्यान गएको बताइएको छ ।
यहाँ सङ्क्रमणको घोषणा गरेपछिको दोस्रो दिनमै सोमबार मात्र यहाँ कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या झन धेरै देखिएको बताइएको थियो ।
यहाँ अहिलेसम्ममा पाँच लाख ६६ हजार जना भन्दा बढी नागरिक सङ्क्रमित भएका बताइएको छ । यहाँका अधिकारीहरुले पछिल्ला केही हप्तामा जापानमा सङ्क्रमण हुने र मृत्यु हुने दर बढिरहेको पनि बताएका छन् । जापानका स्वास्थ्यमन्त्री र स्थानीय सरकारका अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार आजसम्ममा यहाँ यो सङ्क्रमणबाट मृत्यु हुने दश हजार जना पुगेका छन् ।
जापानको राजधानी टोकियो र त्यसपछि यहाँका पश्चिमी प्रान्तहरु सहरहरु ओसाका, क्योटो र ह्योगोमा यहाँका प्रधानमन्त्री याशिहिदे सुगाले आइतबार संकटकालको घोषणा गर्नुभएको थियो । सो संकटकालपछि यहाँ सोमबार मात्र कम्तीमा ३ हजार ३०० जना जतिमा यो संक्रमण देखिएको बताइएको छ ।
राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य सहरहरु कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागु गरिएको हो । यहाँ कोरोना विरुद्धको खोपको काम भने निकै ढिला भएको बताइएको छ । यहाँका अधिकारीहरुले कारोनाको खोप दिन ढिला गरिरहेकोले आलोचना पनि भइरहेको बताइएको छ । (सिन्ह्वा)

टेक्सासमा बाढी : मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो, उद्धार कार्य जारी

टेक्सासमा बाढी : १३ जनाको मृत्यु, उद्धार कार्य जारी

फ्रान्सका राष्ट्रपति म्याक्रोँले मङ्गलबार बेलायती संसदलाई सम्बोधन गर्ने

पाकिस्तानमा भवन भत्किँदा ६ जनाको मृत्यु, १० जना भग्नावशेषमा फसेको आशंका

ईरानको निर्णयले आणविक स्थायित्वमा असर, विश्व समुदाय गम्भीर

अफगान नागरिकहरूलाई फिर्ता पठाउने जर्मन योजनाप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

प्रतिक्रिया