२ लाख ४१ हजार टन चिया उत्पादन
काठमाडौँ : आर्थिक वर्ष २०७६–७७ मा २ लाख ४१ हजार टन चिया उत्पादन भएको छ । यो मध्ये १ लाख ४९ हजार टन सीटीसी, ८२ हजार पाँच सय १३ टन अर्थोडक्स, ७ हजार चार सय ५५ टन ग्रीन टी तथा एक हजार चार सय ४१ टन अन्य खालका चिया उत्पादन भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
मुलुकमा चिया उत्पादनको मुल क्षेत्रफल १६ हजार ९ सय एक हेक्टर पुगेको छ । नेपालमा अहिले २८ जिल्लामा चिया उत्पादन हुँदै आएपनि पूर्वी नेपालमा झापा र इलाम प्रमुख चिया उत्पादक जिल्ला हुन् । सीटीसी चियामध्ये सम्पूर्ण १ लाख ४९ हजार टन झापामा उत्पादन भएको हो भने इलाममा ५९ हजार दुई सय ३४ टन अर्थोडक्स र झापामा २२ हजार ५२ टन अर्थोडक्स चिया उत्पादन भएको थियो । झापा र इलाम बाहेक पाँचथर, धनकुटा, तेह्रथुम, नुवाकोट, सिन्धुपाल्चोक, मोरङ, कास्की, ललितपुर, संखुवासभा, ताप्लेजुङ, लमजुङ जिल्लामा चिया खेती हुँदै आएको छ ।
यसका अतिरिक्त रामेछाप, भोजपुर, दोलखा, सोलुखुम्बु, उदयपुर, काभ्रे, म्याग्दी, बागलुङ, सिन्धुली, पर्वत, गोर्खा, धादिङ, ओखलढुंगा, चितवन र खोटाङमा पनि चिया खेती विस्तार भएको छ । अहिले मुलुकमा एक सय ५९ चिया उद्योग सञ्चालनमा छन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा अनुसार गत आ.व. २०७६/७७ मा २ अर्ब ७८ करोड रूपैयाँ बराबरको ११,१८५ टन चिया निर्यात भएकोमा चालु आ.व. २०७७/७८ को ९ महिनाको अवधिमै ३ अर्ब ६ करोड रूपैँया बराबरको ९,५७० मेटन चिया निर्यात भएको छ । बोर्डको तथ्याङ्क अनुसार आ.व. २०७५/७६ मा २५,२०५ टन चिया उत्पादन हुँदा आ.व. २०७६/७७ मा २४,११८ टन चिया उत्पादन भएको थियो । उत्पादनमा केहि गिरावट आउँदा कोरोना महामारीका बीच पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको बोर्डले उल्लेख गरेको छ । बोर्डले आज २५औं चिया दिवस मनाइरहेको छ ।

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

प्रतिक्रिया