कानुनी शासनको बहस कम हुन थाल्यो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ - पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानुन बनाउने संसद्मा नै कानुनी शासनको बहस कम हुन थालेको टिप्पणी गरेका छन् । कानुनी शासन केन्द्रले काठमाडौँमा आज आयोजना गरेको ‘कानुनी शासनको प्रवद्र्धनमा संसद्को भूमिका’ विषयक अन्तरसंवादमा उनले कानुनी शासनको पर्याप्त छलफल हुनुपर्नेमा जोड दिए ।
'जब महत्वपूर्ण विधेयकको पालो आउँछ, त्यही बेला नियम निलम्बन गरेर बिना छलफल पास गरिन्छ, त्यो त कानुनी शासनका बारेमा बहस गर्ने संस्था हो', उनले थपे, 'संसद् भनेको कानुन बनाउँदा वृहत छलफल गर्ने ठाउँ हो, छलफल नै नगरी बहुमतले ल्याएको कानुनले राष्ट्र र समाज राम्रो हुँदैन ।'
नेपाल काँग्रेसको नेता डा मिनेन्द्र रिजालले गलत तरिकाले कानुन बनाउन र अध्यादेश ल्याउन खोजीमा इमानदार भएर देश र जनतालाई सम्झेर रोक्नुपर्ने बताए । नेकपा माओवादी केन्द्रका नेता खिमलाल देवकोटाले कानुन बनाउने ठाउँमा पुगेका सांसद क्षमतावान हुनुपर्ने र त्यसले कस्तो प्रभाव पार्छ भन्ने कुराको हेक्का राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अधिवक्ताद्वय राजुप्रसाद चापागाईं र लिलाधर उपाध्यायले ‘कानुनी शासनको प्रवद्र्धनमा संसद्को भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै संघीय संसद्को भूमिका यान्त्रिक र आलंकारिक बन्दै बताए । रासस

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया