मण्डलामा कवि निर्भीकको एकल प्रस्तुति, स्रोतालाई काव्यिक मनोरञ्जन

काठमाडौं– नेपाली साहित्यकासका युवा हस्ताक्षर निर्भीकजंग रायमाझी बानेश्वरस्थित मण्डला थिएटरमा गुञ्जिएका छन् । नेपाली कविता विधाका सशक्त कवि रायमाझी आफ्नो एकल कविता वाचन लिएर मण्डलामा गुञ्जिएका हुन् ।
सोमबार मण्डलाको मञ्च खचिखचाउ भयो । निर्भीकका कविता सुन्न बरिष्ठ कविहरु विप्लव प्रतीक, तुलसी दिवश, श्रवण मुकारुङदेखि युवा पुस्ताहरुको सहभागिता थियो ।
अखबार शिर्षकको कविताबाट आफ्नो वाचन सुरु गरेका रायमाझीले दर्जनअघिक कविता प्रस्तुत गरे । उनले खीर खाने दिन, भान्साकोठामा बुद्ध, वतासको लय, रुखमुनिको छाँया,आँखीझ्याल, मेरो टोपी कैलाशको शीर जस्तो छैन लगायतका कविताबाट करिब तीन सय स्रोतालाई काव्यिक मनोरञ्जन दिए ।
सिर्जिन गाह्रो मानिने कविता विधामा विषयगत ज्ञान, सीप र क्षमतामा पोख्त निर्भीकले प्रस्तुत गरेका कविताबाट स्रोता, दर्शकको वाह बटुले । तन मन र वचनले साहित्यप्रति समर्पित भई सक्रिय रहेका निर्भीकले देशप्रेम, मायाप्रेम, राजनीतिक व्यंग्य, करुणा, सामाजिक परिवेशसहित समसामयिक विषयमा कविता ओकले । कवितामा विम्बको प्रयोगले शव्द केलाएर खेलाए अनि सुन्दर प्रस्तुति दिए ।
कवि निर्भीकले आफ्ना कविता ३ चरणमा विभाजन गरेर सुनाएका थिए । उद्गार साहित्य समाजले आयोजना गरेको एकल कविता वाचनमा उनी खुलेर प्रस्तुत भए ।
कार्यक्रममा कविहरु विप्लव प्रतीक, तुलसी दिवश, श्रवण मुकारुङलगायतले उनले कविकारिताबारे चर्चा गरेका थिए । निर्भीक साहित्य लेखनसँगै पत्रकारितामासमेत उत्तिकै सक्रिय छन् ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया