सर्वाेच्चले भन्याे : चोलेन्द्र शमशेर जबराको बिदाइ कार्यक्रम राखेको छैन

काठमाडौं- सर्वाेच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बिदाइ कार्यक्रम नगर्ने भएको छ । जबरा मंगलबारबाट उमेरहदका कारण सेवानिवृत्त भएका छन् ।
गत १ फागुनमा संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका जबरा सर्वाेच्च अदालत नफर्की बिदा भएका हुन् । सर्वाेच्च अदालतले औपचारिक रुपमा उनको बिदाइ नगर्ने भएको छ ।
‘उहाँ (जबरा)ले आजबाट ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउनु भएको छ,’ सर्वाेच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले भने, ‘उहाँको बिदाइ सर्वाेच्चले गर्दैन । बिदाइ कार्यक्रम पनि राखेको छैन ।’
२८ मंसिर २०१४ मा जन्मिएका जबरा ६५ वर्षे उमेरहदका कारण सेवाबाट अनिवार्य अवकाश पाएका हुन् । उनले १८ पुस २०७५ मा पद तथा गोपनीयताको शपथ लिएर प्रधानन्यायाधीशको कार्यभार सम्हालेका थिए ।
गत १ फागुनमा जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

‘भूपरिवेष्टित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड’

कर्णालीदेखि काठमाडौंसम्म : समृद्धिको आवाज

महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छः डा. कोइराला

नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ : महासचिव…

श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको प…

प्रधानमन्त्री ओलीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित

प्रतिक्रिया