आफ्नो निजी घर निर्माणमा नगरपालिकाको सवारीसाधन र औजार प्रयोग भएको मेयर शाहीद्वारा स्वीकार

काठमाडौँ - कैलालीको लम्किचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले नगरपालिकाको सवारी साधन र औजार आफ्नो निजी घर निर्माणमा प्रयोग भएको स्वीकार गरेकी छन् । सोमबार विज्ञप्ति जारी गर्दै मेयर शाहीले आफ्नो घर बनाइरहेको गरिरहेको निर्माण व्यवसायीले नगरपालिकाको सवारी साधन र औजार प्रयोग भएको स्वीकार गरेकी हुन् । तर सवारी साधन र औजार प्रयोग गर्दा निर्माण व्यवसायीले आफूलाई कुनै जानकारी नदिएको दाबी गरेकी छन् । 'म नगरप्रमुख हुनुभन्दा अगाडिदेखिनै नै घर निर्माण भइरहेको थियो । मेरो घर निर्माण गरिरहेको निर्माण व्यवसायीले मलाई कुनै जानकारी नै नदिइ एक/दुई पटक नगरपालिकाको सवारी र औजार प्रयोग गर्नु आफैमा गलत भएको महसुस गरेकी छु,' शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यसप्रकारका कमजोरी आगामी दिनमा नदोहोरिने प्रतिवद्धता जाहेर गर्दछु ।'
उनले पत्रकारलाई बन्धन नबनाएको दाबी गरेकी छन् । अनधिकृत रूपमा आफ्नो भिडियो खिचेपछि उक्त भिडियो स्वयं पत्रकारले डिलिट गरे पनि पछि भ्रामक समाचार आएको उनको जिकिर छ।
नगरपालिकाको सवारी साधन मेयर शाहीको निजी घर निर्माणमा प्रयोग भएको जानकारी पाएपछि रिपोर्टिङमा गएका पत्रका खेम ढुंगानाले भने मेयर शाहीले आफूलाई बन्धक बनाएको आरोप लगाएका थिए । आफूलाई बन्धक बनाइ खिचेका भिडियोसमेत डिलिट गर्न लाइएको उनको आरोप थियो । यसबारे पत्रकारसँग सम्बन्धित विभिन्न संघ संगठन र पत्रकार महासंघले समेत विरोध जनाएका छन् ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया