सार्वजनिक अस्पतालमा स्वास्थ्य सामग्रीका लागि जापानले दियो एक अर्ब

काठमाडौँ : जापान सरकारले नेपालका आठओटा सार्वजनिक अस्पतालमा स्वास्थ्य सामग्रीको स्तरोन्नतिका लागि १ अर्ब नौ करोड ६० लाख रुपैयाँ अनुदान दिएको छ । उक्त सहयोग सम्बन्धी सम्झौतामा अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र नेपालका लागि जापानी रावदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।
यो परियोजना अन्तर्गत नसर्ने रोगहरूको पहिचान र उपचारका लागि परामर्श सेवा, चिकित्सकीय उपकरण, आठ सार्जजनिक अस्पतालको सुधार र मर्मतसम्भार गरिनेछ । नेपालमा हृदय तथा स्वासप्रश्वास सम्बन्धी रोग, मधुमेह र क्यान्सर जस्ता नसर्ने रोग गम्भीर समस्याका रूपमा रहेका छन् । यस्ता रोगका बिरामीहरूलाई कोभिड–१९ जस्ता संक्रमणले जोखिम थप्न सक्ने भएको हुनाले उचित ध्यान दिन जरुरी रहेको अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बताए ।
सार्वजनिक अस्पतालमा बिरामीको चाप अनुसार स्वास्थ्य पूर्वाधार अपर्याप्त रहेको सन्दर्भमा यो सहयोगले थप सुविधा बढाउन सकिने राजदूत युताकाको भनाइ छ । यो परियोजना अन्तर्गत आठ सार्वजनिक अस्पतालहरूमा मानव अङ्ग प्रत्यारोपण केन्द्र; पाटन अस्पताल; परोपकार प्रसुती गृह; राष्ट्रिय ट्रमा सेन्टर; वीर अस्पताल; सहिद गंगालाल हृदयरोग केन्द्र; मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र र कान्ति बाल अस्पताल रहेका छन् ।

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_FXk3yVYJJl_cbfcwj1s7raiikcntev1kfkfwosy8zwrkoh1dhmvluswycyryere96nc0rzo.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

प्रतिक्रिया