प्रलोभनमा पर्ने डरले सांसदलाई होटलमा राखियो

पोखरा : गण्डकी प्रदेश सभामा विपक्षी मोर्चाका सांसदहरूलाई होटलमा राखिएको छ । अविश्वास प्रस्ताव सदनमा टेबुल भएपछि सांसदहरूलाई सत्ता पक्षले प्रलोभनमा पार्न सक्ने भएकाले होटलमा राखिएको कांग्रेसका एक सांसदले बताए । ‘अविश्वासमा मतदान गर्ने समय नजिकिँदै छ, एकजुट भएर बसौं भनेर राखिएको हो,’ ती सांसदले भने ।
माओवादी केन्द्र, नेपाली कांग्रेसका सांसदलाई कुटी रिसोर्टमा राखिएको छ । जनता समाजवादी पार्टीका सांसद भने नजिकैको होटलमा राखिएको बताइएको छ । प्रदेश सभामा नेपाली कांग्रेसका १५, माओवादीका १२, जनता समाजवादीका २ सांसद छन् । मोर्चामा मिसिएको राष्ट्रिय जनमोर्चाका ३ सांसद छन् । तर जनमोर्चाका सांसद भने होटलमा बसेका छैनन् ।
यसअघि माओवादी केन्द्र र नेपाली कांग्रेसले आफ्ना सांसदलाई पोखरा नछाड्न निर्देशन दिएको थियो । वैशाख २ गते प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गराएका विपक्षी दलले सत्ताले शक्ति लगाउन सक्ने आँकलन गर्दै आफ्ना सांसदलाई होटलमा राखेका हुन् । अविश्वास प्रस्तावमा बुधबार मतदान हुँदैछ । प्रदेश सभाको विशेष अधिवेशनको दोस्रो बैठक आज बस्दैछ ।

दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल

किसानलाई २२ प्रजातिका बिरुवा वितरण

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

वनको झाडी फाँडेर तीन सय रोपनी क्षेत्रमा निहुरो र अम्रिसो खेती
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

प्रतिक्रिया