पत्रकार 'बन्धक' प्रकरण : मेयर शाहीको चौतर्फी आलोचना

कैलाली - लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले पत्रकार खेम ढुङ्गानालाई बन्धक बनाएको समाचारप्रति विभिन्न संगठनहरूले विरोध जनाएका छ्न् । समाचारको विषयमा चित्त नबुझे उजुरी गर्ने विभिन्न निकाय हुँदाहुँदै पनि मेयर शाहीले पत्रकारलाई नियन्त्रणमा लिएर समाचारका लागि लिइएको भिडियो तथा फोटोहरू मेटाउन लगाउनु र हातपात समेत गर्नु खेदजनक भएको पत्रकारका विभिन्न संगठनहरूले आपत्ति जनाएका हुन् ।
न्युज ट्वान्टिफोर टेलिभिजनमा कार्यरत पत्रकार ढुङ्गानाले आइतबार मेयर शाहीले आफ्नो निजी निवास निर्माण गर्न नगरपालिकाका सवारी साधन प्रयोग गरिरहेको सम्बन्धी रिपोर्टिङ गर्न थालेपछि केही घण्टा नियन्त्रणमा लिएको बताएका थिए ।
यसरी आपत्ति जनाउनेमा नेपाल पत्रकार महासंघ कैलाली शाखा, प्रेस संगठन, प्रेस चौतारीको प्रदेश तथा जिल्ला संघ र प्रेस युनियन कैलाली रहेका छन्।
पत्रकारसँग सम्बन्धित संघ-संगठनले मात्रै होइन उक्त कार्यको सामाजिक सन्जालमा समेत व्यापक विरोध भइरहेको छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया