यी हुन् १५ दिन निषेधाज्ञा हुने मुख्य शहर

काठमाडौँ : सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले १५ दिन देशका मुख्य शहरहरूमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । खेलकुद मन्त्री दावा तामाङका अनुसार कोभिड-१९ को संक्रमणदर दैनिक बढ्दै गएपछि सरकारले बैशाख मसान्तभर देशका मुख्य शहरहरूमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
मुख्य शहरहरू भनेको कुन-कुन हुन त ? सबैको चासो र जिज्ञासा यसैमा छ । काठमाडौँ उपत्यकाका तीन जिल्लासहित बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, राजविराज, हेटौँडा, भैरहवा, विराटनगर, इटहरी, धरान, विरगञ्ज, नेपालगञ्ज, धनगढी, जनकपुर, पोखरा, बुटवल, घोराही, तुलसीपुरलगायतलाई कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मुख्य शहरी क्षेत्रको भन्दै यसअघि नै सरकारलाई विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद्ले सोही आधारमा मुख्य शहरी क्षेत्रमा बैशाख मसान्तभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
सोमबारको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिस अनुसार देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै आठ ठाँउमा एक/एक हजार बेड क्षमताका होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको छ । त्यसैगरी संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन नदिन कसैले विदेशबाट अक्सिजन आयात गर्न चाहे भन्सार छुट दिने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० सक्रिय संक्रमित भए र तराई मधेस तथा उपत्यकाकाका हकमा ५०० बढी सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको छ । यो विषय पनि सीसीएमसीले सिफारिस गरेको थियो ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया