नगरपालिकाका कर्मचारीमाथि कार्यकक्षमै हातपात

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अमिन पदमा कार्यरत ईश्वरी भण्डारीमाथि आफ्नै कार्यकक्षमा हातपात भएको छ । आइतबार दिउँसो ३ः२० बजेको समयमा तिलोत्तमा नगरपालिका वडा नम्बर ७ निबासी खिमानन्द काफ्लेले हातपात गरेका हुन् ।
उनको लालपुर्जामा ५ धुर जग्गा रहेको तर ६ धुर उपभोग गर्दै आएकोमा नगरपालिकाले ५ धुरमा मात्र घर बनाउन दिएको थियो । तर, काफ्लेले आफ्नो घर सानो भएकोले ६ धुरमै बनाउन अनुमति नदिएको विषयमा हात पात गरेको नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीले जानकारी दिएको छ ।
संगठनले विज्ञप्ति निकालेर भण्डारीमाथि हातपात गरी घाइते बनाएको घटनाप्रति निन्दा एवं भर्त्सना गरेको छ । संगठनका अध्यक्ष प्रेमप्रसाद खनाल र सचिव जीवन पौडेलद्वारा जारी विज्ञप्तिमा कर्मचारीको कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्दै कार्यसम्पादनको उचित वातावरणको लागि आवाज उठाइरहेको अवस्थामा कार्यस्थलमै आपराधिक घटना हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरिएको छ ।
साथै विज्ञप्तीमा आपराधिक घटनामा संलग्न व्यक्तिमाथि कारबाहीको माग गर्दै घाइते भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । कर्मचारीलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण मिलाउन समेत संगठनले माग गरेको छ ।
यसैबीच उक्त घटनाप्रति तिलोत्तमा नगरपालिका अन्तर्गतका वडा कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुले आपत्ति प्रकट गरेका छन् । उनीहरुले घटनामा संलग्न दोषीलाई कारवाहीको माग गरेका छन् ।
यस विषयमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले कार्यालयभित्रै कर्मचारीमाथि हातपात हुनु निन्दनीय भएको भन्दै दोषीमाथि कानुनी कारबाहीको माग गरे ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया