‘ओलीले ४९ वटा अध्यादेश ल्याएर वाक्कै पारेका थिए, देउवा त्यही बाटोमा छन्’

काठमाडौं– सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याउन लागेको अध्यादेश गलत भएको जिकिर गरेका छन् । आजीवन जेल कारावासको सजाय पाएका दोषीहरूलाई छुटाउने गरी सरकारले ल्याउने निर्णय गरेको अध्यादेश असंवैधानिक भएको उनले बताए ।
प्रधानमन्त्री देउवा पनि एमाले अध्यक्ष केपी शर्मा ओली हिँडेकै असंवैधानिक बाटोमा हिँड्ने खोजिरहेको केसीको आरोप छ । ‘ओलीले ४९ वटा अध्यादेश ल्याएर वाक्कै पारेका थिए । अहिले देउवा पनि त्यही बाटोमा छन्,’ उनले इकागजसँग भने, ‘देउवा ओलीलाई फलो गरिरहेका छन् ।’
संसद्को नयाँ कार्यालय सुरु हुन लागिरहेको अवस्थामा प्रधानमन्त्री देउवाले अध्यादेश ल्याउन नपाउने उनको तर्क छ । देउवा नेतृत्वको सरकार सत्ता स्वार्थबाट प्रेरित भएर यस्तो गर्न लागेको उनले आरोप लगाए । ‘विशेष अवस्थामा बाहेक अध्यादेश ल्याउन पाइँदैन । त्यसमाथि संसद् भर्खर गठन हुने प्रक्रियामा छ,’ उनको मत छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । यो अध्यादेश पारित भएको अवस्थामा टीकापुर घटनामा मुख्य दोषी ठहर भइ आजीवन कारावासको सजाय काटिरहेका नागरिक उन्मुक्ति पार्टीका ‘संरक्षक’ रेशम चौधरीसहित मधेस आन्दोलनका पक्राउ परेका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको मुद्दा फिर्ता हुनेछ ।
देउवा आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन उनले यो अध्यादेश ल्याएको भन्दै अहिले उनको विरोध भइरहेको छ । उक्त अध्यादेश पारित भएपछि प्रधानमन्त्री देउवाले सरकार गठनका लागि नागरिक उन्मुक्ति र जनमत पार्टीको समर्थन पाउनेछन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया