हिउँको बिस्कुनमा लुक्लादेखि सगरमाथा बेसक्याम्पसम्म (फोटो फिचर)

काठमाडौँ : देश यतिबेला फेरि कोभिड-१९ ले लकडाउन हुने स्थितीमा पुगेको छ । सरकारले बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यका लगायत मुख्य मुख्य शहरमा निषेधाज्ञाको घोषणा पनि गरिसकेको छ ।
तर ठीक यतिबेला सगरमाथा भने हिउँको ओछ्यान लगाएर पर्यटकको स्वागत गर्न पर्खिरहेको छ । लुक्लाबाट ती दृश्य हेर्दा लाग्छ, विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा पनि पर्यटकलाई गमलङ्ग अंगालो हालेर हिउँमा लुटुपुटु पारेर आफूसँग राख्न चाहन्छ ।
तर यस्तो महामारीको बेला त्यो आँट कसले जुटाउने ? प्रश्न पेचिलो छ । हिउँको बिस्कुनमा लुक्लादेखि बेसक्याम्पसम्मका तस्बिरले मात्रै पनि सगरमाथालाई हिउँको सुन्दरताले अर्को नयाँ उचाई दिन्छ ।
देश नेपालसहित विश्वका धेरैजसो मुलूक कोभिड-१९ महामारीसँग जुधिरहेका छन् । काठमाडौँ खाल्डो पनि यही नियतीमा छ । तर जसको सिधा असर सगरमाथासम्म पुगिरहेको छ ।
सगरमाथा चढेका आरोही र केही गाइडलाई कोभिड–१९ रिर्पोट पोजेटिभ देखिएको अन्तर्राराष्ट्रिय मिडियाले लेखेका छन् । तर पर्यटन विभागले भने ती समाचारमा सत्यता नभएको विज्ञप्ति निकालेर बताइरहेकाे छ ।
यही महामारी र महासंकटमा पनि हिमालका पूजारी शेर्पाहरु भने आरोहीका लागि बाटो बनाइरहेका छन् । लुक्लादेखि सगरमाथा बेसक्याम्पसम्म पुगेर उनीहरु बाटो बनाउँदै चुनौतिसँग खेलिरहेका छन् ।
तर हिउँको ओछ्यानमा सुस्ताउदै सगरमाथा चढ्ने पर्यटकको रहर यस वर्ष पूरा होला कि नहोला भन्ने कौतुहुलता भने बढेको छ । सगरमाथामै कोभिड–१९ पगिसकेको हो वा होइन भन्ने वास्तविकता महामारीको महासंकटमा विस्तारै थाहा होला । तर चिन्ता, चुनौति र चाँसो भने जताततै छ ।
सबै तस्बिर : जेनजेन लामा (सगरमाथा बेसक्याम्प)

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया