बजेट काटिएको विरोधमा सडकबाट सेवा दिँदै अध्यक्ष

कञ्चनपुर - भीमदत्त नगरपालिका–१८ बागबानीकी हिरादेवी मडै सिफारिसका लागि वडा कार्यालय पुगिन् । उनलाई वडा कार्यालयबाट छोराको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिका लागि सिफारिस पत्र बनाइन् ।
वडामा सबै काम सकेर अध्यक्षको हस्ताक्षर आवश्यक पर्यो । उनले वडा कार्यालयमा अध्यक्ष रवीन्द्रप्रसाद देवकोटालाई खोखिन् । हिरादेवीले वडा अध्यक्षलाई भेटिनन् । अनि त्यहाँका अन्य कर्मचारीसँग वडाध्यक्षका बारेमा सोधीखोजी गरिन् । अध्यक्ष भगतपुर क्षेत्रमा रहेको उनले थाहा पाएपछि अटो चढेर त्यही गइन्। `अध्यक्ष ज्यू सडकमा कुर्सी राखेर एउटा फाइल समातेर बस्नु भएको थियो, त्यहीँ मैले सिफारिस पत्रमा हस्ताक्षर गराए`, हिरादेवीले भनिन् ।
कटानकी पुष्पादेवी ऐरीलाई पनि छोरीको छात्रवृत्तिको लागि सिफारिस बनाउनु थियो । उनले पनि वडा कार्यालयभन्दा पर अध्यक्ष भएको ठाउँमै पुगेर सेवा लिइन् । केही दिन यता भीमदत्त नगरपालिका–१८ को सेवा यसै गरेर सडकबाटै सम्पादन गर्ने गरेका छन्, अध्यक्ष देवकोटाले । भीमदत्त नगरपालिकाले सडक कालोपत्रे गर्न बजेट नदिएको भन्दै त्यसको विरोधमा वडाध्यक्ष धर्नामा बसेका हुन् ।
उनी कहिले पत्थरपुर त कहिले भगतपुरका बस्तीको सडकमा बसेर सेवा प्रवाह गरिरहेका छन् । `सडकमा बेस हाल्ने काम भइसकेको छ, अब कालोपत्रे गर्न मात्रै बाँकी छ`, उनले भने, `थोरै मात्रै बजेट छुट्याइएको छ, त्यसैले बजेटको माग गर्दै दबाब स्वरुप धर्ना बसेको हो ।`
नगरपालिकालाई औपचारिक रुपमा बारम्बार बजेट माग गर्दा पनि कुनै वास्ता नगरिएकाले वडाको काम सडकबाट सम्पादन गर्नुपर्ने बाध्यता सिर्जना भएको उनले बताए । विगतमा सडकका लागि एक करोड ४९ लाख बजेट आउने गरेको थियो । यसपटक नगरपालिकाले एक करोड २७ लाख मात्रै दिएको छ ।
`सडक निर्माणको काम अन्तिम चरणमा छ, यो सडक सम्पन्न गर्न विगतको जस्तै बजेट मागेका थियौँ`, उनले भने, `तर नगरपालिकाले प्रर्याप्त बजेट दिएन, कटौती गरेर दियो ।` वडा कार्यालयबाट प्रवाह हुने सेवामा कुनै असर नपर्ने गरेर सडकमा धर्ना बसेर सडकबाटै सेवा दिइरहेको देवकोटा बताउँछन् । `कार्यपालिका बैठकमा यो माग कति पटक उठायौँ, उहाँहरू कुरा सुन्नुहुन्छ, निर्णय गर्दा बहुमतको आडमा एकलौटी अगाडि बढ्ने गर्नु भएको छ`, उनले भने ।
वडा कार्यालयको फाइल, रजिस्ट्रर बोकेर कार्यालय खुल्ने समयमा अध्यक्ष देवकोटा सडकमा बस्छन् । कार्यालय समयसम्म सडकबाटै वडाको सेवा सम्पादन गर्ने उनका अचेल दैनिकी नै बनेको छ । पत्थरपुर, भगतपुर, गोबरियालगायत क्षेत्रको एक किलोमिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा छ । सोही सडकका लागि बजेटको माग गर्दै धर्ना बसेका अध्यक्ष देवकोटाले माग सम्बोधन नभए आमरण अनसन बस्ने चेतावनी दिएका छन् । `आउँदो नगरसभाबाट सडक कालोपत्रेका लागि बजेट छुट्याइनुपर्छ, त्यसका लागि नगरपालिकाले प्रतिबद्धता जनाउनुपर्यो`, उनले भने, `नभए आमरण अनसनमा बस्ने लगायत कार्यक्रममा जानुपर्ने हुन्छ ।`
रासस

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया