के रोनाल्डोले पोर्चुगल टिमबाट सन्यास लिएका हुन् ?
पोर्चुगलका लागि विश्वकप जित्नु मेरो सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना थियो- रोनाल्डो
काठमाडौँ- पोर्चुगल फुटबल टिमका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले टिमबाट सन्न्यास लिएको संकेत दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले पोर्चुगललाई धन्यवाद दिदै कतारमै पोर्चुगललाई विश्वकपको उपाधि दिलाउन आफ्नो सबैभन्दा ठूलो सपनाको अन्त्य भएको रोनाल्डोले लेखेका छन् ।
'अहिलेको लागि धेरै भन्नु छैन । धन्यवाद पोर्चुगल । धन्यवाद कतार । सपना लामो समय सम्म राम्रो थियो ... अब, यो आशा छ कि मौसम राम्रो सल्लाहकार हुनेछ र प्रत्येकलाई आफ्नो निष्कर्ष निकाल्न अनुमति दिनेछ,' उनले थपेका छन् ।
रोनाल्डोले पोर्चुगलका लागि विश्वकप जित्नु आफ्नो करियरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना रहेको समेत बताए ।
कतारमा जारी फिफा विश्वकप अन्तर्गत मोरक्कोसँग पराजित भएपछि क्वार्टरफाइनलबाटै पोर्चुगल बाहिरिएपछि रोनाल्डोले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका हुन् ।
'पोर्चुगलका लागि विश्वकप जित्नु मेरो करियरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना थियो,' रोनाल्डोले लेखेका छन् ।
पोर्चुगलका लागि अन्तर्राष्ट्रिय पदक जितेपनि विश्वकपको उपाधि दिलाउनु सबैभन्दा ठूलो सपना रहेको उनले जनाए ।
'मैले यसको लागि लडे । मैले यो सपनाको लागि कडा संघर्ष गरे । मैले टिमका सदस्य तथा समर्थकको समर्थनमा १६ वर्षमा पाँच वटा विश्वकपमा गोल गरे । मैले आफ्नोतर्फबाट सबै दिए । यो सबै मैदानमा छोड्नुहोस् । मैले कहिल्यै संघर्षका क्रममा आफ्नो अनुहार फर्काइनँ र मैले त्यो सपनालाई कहिल्यै छोडिन,' उनले थपे ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया