मकवानपुरकी वाइवा गाडिएको अवस्थामा मृत फेला

मकवानपुर - इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा शनिबार साँझ एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । उक्त शव इन्द्रसरोवर–३, ज्यामिरे बस्ने अन्दाजी ३५ वर्षीया सरस्वती वाइवाको रहेको इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक प्रतिमा कार्कीले बताए ।
उनका अनुसार मृतक वाइवाको शव शनिबार साँझ टाउको र शरीरमा लगाएको थोरै लुगा देखिने गरी गाडिएको अवस्थामा फेला परेको भनी सूचना आएपछि आज बिहान प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।
ती महिलाको हत्या भएको आशंका गरिएको छ । हाल घटनास्थलमा तालिम प्राप्त कुकुरसहित इलाका प्रहरी कार्यालय भीमफेदीको टोली, इन्द्रसरोवर प्रहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया