नेयमार भन्छन् : क्रोयसियासँग हारेपछि केही समय मानसिक रूपमा क्षतविक्षत भएँ

रियो दि जेनेरियो- ब्राजिलियन फुटबलर नेयमारले क्रोएसियासँगको पेनाल्टी सुटआउटमा पराजितसँगै आफ्नो टोली २०२२ को विश्वकपबाट बाहिरिँदा आफू मानसिक रूपमा क्षतविक्षत भएको बताएका छन् । शुक्रबार क्वार्टर फाइनलमा पेनाल्टी सुटआउटमा क्रोएसियाले ब्राजिललाई ४–२ को गोल अन्तरले पराजित गरेको थियो ।
‘म मनोवैज्ञानिक रूपमा क्षतविक्षत भएको छु,’ नेमारले इन्स्टाग्राम पोस्टमा भने, ‘यो पक्कै पनि पराजय हो जसले मलाई सबैभन्दा बढी चोट पुर्यायो । जसले मलाई प्रतियोगितापछि १० मिनेटसम्म पक्षघात गरायो । त्यसपछि रोक्नै नसक्ने गरी आँखाबाट आँसु चुहियो ।’
उनले अगाडि लेखेका छन्,‘दुर्भाग्यवश यसले धेरै लामो समयसम्म चोट दिनेछ ।’ उनको पोस्टलाई १ करोड ८८ लाखले लाइक गरेका छन् ।
नेमारले जारी कतार प्रतियोगिता आफ्नो अन्तिम विश्वकप हुनसक्ने संकेत गरे । उनी कूपे डु मोन्डेमा अर्को प्रतियोगिताका लागि ब्राजिलियन टोलीमा फर्किनेबारेमा अनिश्चित छन् ।
यसैबीच, नेमारको भावनात्मक इन्स्टाग्राम पोस्टको जवाफमा ब्राजिलियन फुटबल लिजेन्ड पेलेले उनलाई ‘निरन्तर प्रेरणा बन्न’ आग्रह गरे । एजेन्सी

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया