खैरो हेरोइनसहित २ भारतीय नागरिक पक्राउ

कैलाली । प्रहरीले लागू औषध खैरो हेरोइनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले भारत लखिमपुर खिरी बेलापुर बस्ने बर्ष ५० को समिरा सिह र सोही ठाउँका ५३ वर्षीय शेर सिंहलाई पक्राउ गरेको हाे ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय युपि ३१ बिएक्स ८०९१ नम्बरको मोटर साईकल र सो मा सवार दुईजना भारतीयलाई कैलारी गाउँपालिका ७ बसन्तास्थित सडकमा जाँच गर्दा उक्त मोटरसाईकलको डिक्कीको भागमा लुकाईछिपाई राखेको अवस्थामा लागूऔषध खैरो हेरोइन ३४ ग्राम ५१० मिलिग्राम फेला पारेको छ ।
पक्राउ परेका दुवैलाई लागूऔषध खैरो हेरोईनमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएकाे छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया