फिफा विश्वकपः फ्रान्स सेमिफाइनलमा, इंग्ल्यान्ड बाहिरियो

काठमाडौँ- फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । शनिबार राति भएको क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै फ्रान्स अन्तिम ४ मा प्रवेश गरेको हो ।
फ्रान्सले इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गर्यो । फ्रान्सका लागि औरेलिएन चौमेनी तथा ओलिभिएर जिरुडले एक-एक गोल गरे । इंग्ल्यान्डका लागि ह्यारी केनले एक गोल फर्काए ।
चौमेनीले १७ औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए पनि केनले ५४ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । तर जिरुडले ७८ औँ मिनेटमा गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे ।
फ्रान्सले अब मोरक्कोको सामना गर्ने भएको छ ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया