बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुन्छ : प्रचण्ड

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीहरूले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सो कुरा प्रष्ट्याएका हुन् । उनले निर्वाचनको मत परिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेस गरेपछि दलहरूले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु हुने उल्लेख गर्दै त्यसपछि मात्रै सरकार गठनबारे छलफल हुने बताए ।

अध्यक्ष दाहालले भने, ‘अब निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमा यो निर्वाचितहरूको लिष्ट बुझाएपछि, संसदीय दलको नेता चुनिएपछि मात्रै सरकारबारे छलफल हुन्छ ।’

दाहाल आफैँ सत्तारूढ दलको तर्फबाट सरकारको नेतृत्वको लागि इच्छुक छन् । सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवा नयाँ सरकारको नेतृत्वको स्वभाविक दाबेदार हुन् । काँग्रेसभित्र सरकारको नेतृत्व लिनका लागि महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री बन्नका लागि राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आएका छन् ।