माग अनुसार श्रम शक्ति उत्पादनमा सहयोग
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ र युरोपेली संघ सहयोगको ‘दक्षता’ परियोजना कार्यान्वयन निकाय ब्रिटिश काउन्सिलबीच रोजगारदाताले नेतृत्व गरेको श्रम बजार सचिवालय स्थापना (इलम्स) का लागि सम्झौता भएको छ । यस सचिवालय स्थापनाको उद्देश्य श्रम बजारका गतिविधि र मागअनुसार रोजगारदाताका संघका लागि सामञ्जस्यतापूर्ण मोडल विकास गरिनेछ ।
महासंघकी अध्यक्ष भवानी राणा र ब्रिटीश काउन्सिलका राष्ट्रिय निर्देशक साहिदा म्याकडाउगल ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सचिवालय परियोजना मार्फत् पेशागत वर्गीकरण मापदण्डको विकास तथा श्रम बजार सूचना प्रणालीको विकास गरिने छ । कृषि, भौतिक निर्माण र पर्यटनका क्षेत्रमा परियोजना कार्यान्वयन हुने छ ।
नेपाल सरकारबाट स्वीकृत यस परियोजनाको कार्य अवधि १४ महिनाको हुनेछ । परियोजनाको कूल बजेट १७ करोड ९० लाख रुपैँया हुनेछ । महासंघको नेतृत्वमा साझेदार संस्थाहरू नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यवसायी महासंघको संलग्नतामा परियोजनाको कार्यान्वयन हुने महासंघले जनाएको छ ।
मुलुकभित्र औद्योगिक व्यवसायिक क्षेत्रले श्रम बजार सम्बन्धी आवश्यक तथ्यांक एव जानकारीको अभावमा भोग्नु परेको समस्यालाई यस परियोजनाले सम्वोधन गर्ने महासंघकी अध्यक्ष भवानी राणाले बताएन् ।
यो सहयोगले श्रम बजार सम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरूको लागि आवश्यक दक्ष जनशक्ति उपलव्ध गराउने प्रत्याभुति दिलाउने, रोजगारी सृजना गर्ने, श्रम बजार सम्बन्धी तथ्यांक प्रणालीको विकास गर्ने कार्यमा परियोजना एक कोशेढुंगा हुनेछ भने समग्रमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम प्रणालीमा परिवर्तन ल्याउने नेपालका लागि यूरोपेली संघकी राजदूत नोना डेपरेजको भनाइ छ ।

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने, ९८ भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

प्रतिक्रिया